समाचार

उपराष्ट्रपति यादव अस्पताल भर्ना

By खबरहब

October 23, 2024

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्पतालमा भर्ना भएका छन् । हर्नियाको शल्यक्रियाका लागि उनी मङ्गलबार साँझ त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका हुन् ।

उपराष्ट्रपतिका निजी चिकित्सक डा. शिवजीविक्रम सिलवालका अनुसार आज शल्यक्रिया गरिने छ ।

उनको शल्यक्रिया प्राध्यापक डा. रमेशसिंह भण्डारी र सहप्राध्यापक डा. सुमिता प्रधानले गर्नेछन् ।