तस्बिर : बीबीसी

अन्तर्राष्ट्रिय

अन्डरवर्ल्ड ग्याङस्टर छोटा राजनलाई जमानत

By खबरहब

October 23, 2024

काठमाडौं– मुम्बई उच्च अदालत (बाम्बे हाई कोर्ट)ले अन्डरवर्ल्ड ग्याङस्टर छोटा राजनलाई जमानत दिएको छ । २३ वर्ष पुरानो मुद्दामा उच्च अदालतले छोटा राजनलाई जमानत दिएको हो ।

समाचार एजेन्सी पीटीआईका अनुसार सन् २००१ मा होटल व्यवसायी जया शेट्टीको हत्या आरोपमा छोटा राजनलाई जन्मकैदको सजाय सुनाइएको थियो । उनी अहिले पत्रकार ‘जे डे’ (ज्योतिर्मय)को हत्या अभियोगमा सजाय भुक्तान गरिरहेका छन् । 

सोही कारण अदालतले जमानत दिए पनि उनी जेलबाट छुट्ने सम्भावना सहज नभएको बीबीसी हिन्दीको अनलाइन संस्करणमा समाचार छ । उनलाई पत्रकार ‘जे डे’ को हत्या अभियोगमा अदालतले जन्मकैद तोकेको छ । 

मुम्बईको एक विशेष अदालतले सन् २००१ मा पत्रकार जे डेको हत्या मामिलामा मुख्य अभियुक्त छोटा राजनसमेत नौ जना अभियुक्तलाई आजीवन कारावासको सजाय सुनाएको थियो । 

मुम्बईका ज्योतिर्मय ‘मिड डे’ अखबारमा वरिष्ठ क्राइम रिपोर्टर थिए । अखबारका लागि ‘जे डे’ नामबाट समाचार लेख्दै आएका ज्योतिर्मयको मुम्बईस्थित उपनगर पवईमा सनु २०११ जुन ११ मा गोली हानेर हत्या गरिएको थियो ।