ब्रेकिङ स्टोरी

‘सरकार बनेकै दिनदेखि विरोध थालियो, कसैले ढल्ने सपना नदेखे हुन्छ’

By खबरहब

October 23, 2024

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले गत असारमा नेपाली कांग्रेससहितको सरकार बनेकै दिनदेखि विरोध सुरु भएको बताएका छन् ।

सिंहदरबाबाट सरकारको सय दिनको उलपब्धि सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

‘सरकार बनेकै दिनदेखि विरोध सुरु भयो । देशमा साम्प्रदायिकता भड्काउन खोजिएको थियो । कांग्रेस र एमाले मिलेर सरकार बनाएपछि त्यसलाई रोकिएको छ’, उनले भने, ‘केही तत्वहरू उद्योग-कलकारखाना बन्द गर्न खोज्दै दिए । देशलाई प्रतिगमनतिर लान खोजिएको थियो । साम्प्रदायिक विद्वेष र विखण्डन गरेर देशलाई प्रतिगमनतिर लैजाने कोसिस भएको छ ।’

उनले तर सरकारलाई प्रतिगमन स्वीकार्य नहुने पनि बताएका छन् । ‘साम्प्रदायिक विद्वेष र घृणा होइन, सामाजिक एकता र न्याय कायम गर्ने पक्षमा सरकार छ’, उनले भने, ‘सरकार अहिले ढल्छ, भरे ढल्छ, भोलि बिहानै ढल्छ भन्ने अफवाह फैल्याइएको छ । यो काम गर्न नदिने उद्धेश्यले चलाइएको हल्ला हो । सरकार ढल्छ भनेर कसैले दिवास्वप्न नदेखे हुन्छ । यो लक्ष्यमा पुगेर छाड्छ ।’