समाचार

बाढीपीडितलाई बुद्धिजीवी सङ्गठनको आर्थिक सहयोग

By खबरहब

October 23, 2024

काठमाडौं – नेपाल बुद्धिजीवी सङ्गठनले बाढीपहिरोपीडितलाई सहयोगका लागि पाँच लाख २५ हजार सहयोग प्रदान गरेको छ । 

सङ्गठनका अध्यक्ष कृष्ण केसीलगायत पदाधिकारीले सहयोग बापतको चेक नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आज हस्तान्तरण गरेका हुन् ।

नेपाल बुद्धिजीवी सङ्गठनका तर्फबाट सङ्कलित रकम बुझ्दै उनले राष्ट्र र राष्ट्रियताको संवर्द्धनमा ध्यान दिन आग्रह गरे। उनले पाँच विपक्षी दलहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाइसकेको जनाउँदै सो ज्ञापनपत्रमार्फत राष्ट्र र राष्ट्रियताको संवद्र्धनबारे जानकारी गराइएको बताए।