‘अब नाच्छ, हाँस्छ र सुन्छ’, अमेरिकामा यी कलाकारले हँसाउने, नचाउने | Khabarhub Khabarhub

‘अब नाच्छ, हाँस्छ र सुन्छ’, अमेरिकामा यी कलाकारले हँसाउने, नचाउने


८ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकाको विभिन्न सहरमा विभिन्न विधाका  नेपाली कलाकारहरूले प्रस्तुती दिने भएका छन् ।

‘अब नाच्छ अमेरिका २’, ‘अब हाँस्छ अमेरिका २’ र ‘अब सुन्छ अमेरिका’ कार्यक्रम अन्तर्गत नेपाली कलाकारहरूले प्रस्तुति दिने भएका हुन् ।

आयोजक संस्था फ्लाइ नेपालले आइतबार बत्तीसपुलतीमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी दिएको हो ।

‘अब नाच्छ अमेरिका २’ अन्तर्गत गायक बद्री पंगेनी, प्रताप दास, गायिका कला लम्साल, एलिना चौहानले सांगितक प्रस्तुती दिने तय भएको आयोजक फ्लाइ नेपाका अध्यक्ष विनोद अधिकारीले दिए ।

‘अब सुन्छ अमेरिका’ अन्तर्गत कवि प्रदीप रोदन र साइग्रेस पोखरेलले आफ्नो प्रस्तुति दिनुछन् । यस्तै, ‘अब हाँस्छ अमेरिका २’ मा मिस पबी, पवन खतिवडा र सुजीता श्रेष्ठ लगायतले प्रस्तुती दिने आयोजकले जनाएको छ ।

आयोजकका अनुसार आगामी फेब्रुअरीमा अमेरिकाको न्युयोर्क, वासिङ्टन डिसी, ओहायो, कोलोराडो, बोस्टन, पेन्सेल्भेनिया, सिकागो र क्यालिफोर्निया लगायतका सहरमा कार्यक्रम हुनेछ ।

फ्लाइ नेपाका अध्यक्ष अधिकारीका अनुसार नेपाली कला तथा संस्कृतिलाई प्रवर्धन गर्न यो कार्यक्रमको आयोजनका गरिएको हो ।

उनले भने, ‘यस अगाडि गरिएको कार्यक्रमले हामीलाई हौसला मिलेको हो । हामी यसलाई अझै सभ्य र भव्य रुपमा गर्ने तयारीमा छौं।’

न्युयोर्क, वासिङ्टन डिसी, ओहायो, कोलोराडो, बोस्टन, पेन्सेल्भेनिया, सिकागो र क्यालिफोर्निया लगायतका सहरमा कार्यक्रम हुनेछ ।

प्रकाशित मिति : ८ पुस २०८१, सोमबार  ७ : ४४ बजे

दुर्घटनामा आमाको मृत्यु, छोरी घाइते

भक्तपुर – मध्यपुरथिमि नगरपालिका–२ सानोथिमिस्थित दिव्यश्वरी प्लानिङमा मोटरसाइकल र कार

खैरो हेरोइन ल्याउने र लिन बसेका युवा पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषध खैरो हेरोइन ल्याउने र सो

गोरखामा आगलागी हुँदा तीन घर जलेर नष्ट

गोरखा – गोरखाको चुमनुब्री गाउँपालिका–६, ताजुमा आगलागी हुँदा तीन वटा

स्थानीयको अवरोधले प्रसारण लाइन विस्तारमा ढिलाइ

कालिकोट – स्थानीयले अवरोध गर्दा सुदूरपश्चिमको अछाम जिल्लाबाट कालिकोटसम्म विद्युत्

प्रधानमन्त्री कपः आर्मीले सुदूरपश्चिमलाई हरायो

बैतडी – प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको