फाइल तस्बिर

अन्तर्राष्ट्रिय

न्यू ह्याम्पसायर प्राइमरी : रिपब्लिकन पार्टीको आन्तरिक प्रतिस्पर्धामा ट्रम्प विजयी

By खबरहब

January 24, 2024

काठमाडौं- अमेरिकाको न्यू ह्याम्पसायर राज्यमा सम्पन्न रिपब्लिकन पार्टीको आन्तरिक प्रतिस्पर्धा (न्यू ह्याम्पसायर प्राइमरी) मा डोनाल्ड ट्रम्प विजयी भएका छन् । स्थानीय समयअनुसार मंगलबार सम्पन्न प्रतिस्पर्धामा ट्रम्पले पार्टीका अर्का उम्मेदवार निक्की हेलीलाई पराजित गरे ।

प्रतिस्पर्धामा ट्रम्पले ५४ प्रतिशत मत प्राप्त गर्दा हेलीले केबल ४३ प्रतिशत मत ल्याएकी छिन् । यसअघि आयोवा राज्यमा भएको प्रतिस्पर्धामा पनि ट्रम्प विजयी भएका थिए ।

न्यू ह्याम्पसायर प्राइमरीमा विजयी भएसँगै रिपब्लिकन पार्टीका तर्फबाट ट्रम्पले राष्ट्रपतिको टिकट पाउने निश्चितप्रायः रहेको अमेरिकी सञ्चार माध्यमले विश्लेषण गरेका छन् ।

यस जितसँगै आफ्ना समर्थकलाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले हेली नराम्ररी पराजित भएको घोषणा गरे । पराजयका बावजुद हेलीले आफ्नो चुनावी अभियानलाई निरन्तरता दिने दृढता व्यक्त गरेकी छिन् ।

सोही राज्यमा भएको डेमोक्र्याटिक पार्टीको प्राइमरीमा भने राष्ट्रपति जो बाइडेन विजयी भएका छन् ।