खेलकुद

यू–१९ विश्वकपमा नेपालले गुमायो पाचौँ विकेट

By खबरहब

January 24, 2024

काठमाडौं- आईसीसी यू–१९ विश्वकप क्रिकेटको आफ्नो दोस्रो खेलमा नेपालले पाकिस्तानको सामना गरिरहेको छ । खेलमा नेपालले पाचौँ विकेट गुमाएको छ ।

दक्षिण अफ्रिकाको इस्ट लन्डनमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालका विपिन रावल ३९ रन बनाएर आउट भए । खेलको २६ ओभर ४ बलमा उनलाई पाकिस्तानका अराफात मिन्हासले आउट गरे ।

आज नेपालको प्लेइङ ११ मा तीन परिवर्तन गरिएको छ । आजको खेलमा दुई दीपक बोहरा र तिलक भण्डारी छैनन् भने विपिन रावल, दीपक डुम्रे र दुर्गेश गुप्ताले मौका पाएका छन् ।