तस्बिर- गेटी इमेज

ब्रेकिङ स्टोरी

नेपालको सय रन पूरा

By खबरहब

January 24, 2024

काठमाडौं- आईसीसी यू–१९ विश्वकप क्रिकेटको आफ्नो दोस्रो खेलमा नेपालले पाकिस्तानको सामना गरिरहेको छ । दक्षिण अफ्रिकाको इस्ट लन्डनमा जारी खेलमा नेपालको १ सय रन पूरा भएको छ ।

खेलको ३० ओभर १ बलमा गुल्शन झाले एक रन लिँदै नेपालको १ सय रन पूरा गरेका हुन् । अहिले क्रिजमा गुल्शन र दीपक डुम्रे खेलिरहेका छन् ।

आज नेपालको प्लेइङ ११ मा तीन परिवर्तन गरिएको छ । आजको खेलमा दुई दीपक बोहरा र तिलक भण्डारी छैनन् भने विपिन रावल, दीपक डुम्रे र दुर्गेश गुप्ताले मौका पाएका छन् ।