जीवनशैली

मानिसको शरीरमा देखिने जन्मजात दाग वा चिह्न के हो ?

By खबरहब

February 24, 2024

काठमाडौँ– कतिपय बालबालिकाको शरीरमा साना काला, निला र राता दागहरू हुने गर्छन् । यसलाई जन्म चिन्ह पनि भन्ने गरिन्छ । यस्तो बर्थमार्क शरीरको कुनै पनि भागमा हुन सक्छ। यसलाई गुड लक र ब्याड लकका रुपमा पनि चिन्ने गरिन्छ ।

यो अघिल्लो जन्मसँग सम्बन्धित छ भनेर कुनै पनि अध्ययनले भने पुष्टि गरेको छैन । कसैको ढाडमा जन्मजात चिन्ह छ भने उक्त व्यक्ति एक इमानदार र खुला दिमाग भएको व्यक्ति हो भन्ने मानिन्छ ।

भारतमा पनि  बर्थमार्कले जीवनको भविष्य निर्धारण गर्छ भन्ने गरिन्छ । हत्केलामा रहेको निश्चित चिह्नले देवी लक्ष्मीको आशीर्वाद र जन्मदेखि भाग्यको साथ दिने जनविश्वास रहेको छ ।  

जन्म चिन्ह ४ प्रकारका हुन्छन्–

१. भास्कुलर बर्थमार्क : जब रगत नलीहरू ठीकसँग बन्दैनन्, छालाको उक्त भागमा भास्कुलर बर्थमार्क बन्छ ।

२. म्याकुलर दाग : भास्कुलर बर्थमार्कमा पनि म्याकुलर दाग देखिन्छ। यो निधार, नाक वा घाँटीको पछाडि हल्का रातो दाग जस्तो देखिन्छ। केशिका फराकिलो हुने कारणले यो बन्ने मान्यता छ ।

३. हेमान्जियोमा : शरीरको कुनै पनि भागमा तिल कोठी जस्तो देखिने चिह्न ठूलो भएपछि यो हेमान्जियोमा जस्तो देखिन्छ। यो सतहमा वा छालाको गहिराइमा हुन सक्छ, तिनीहरू रातो रङ्ग हुन् ।

४. पोर्ट वाइन दाग : यस अवस्थामा छालामा वाइन रङ्गको दाग हुन्छ। छालाको भित्री सतहमा रक्त नलीहरूमा असामान्य रक्तस्राव हुन्छ।