मिश्रको एक बिहानी। एक युवा डाक्टर सानो पोको बोकेर उभिइरहेका थिए। त्यो पोको भित्र कुनै नौलो सौगात थिएन। प्रहरीद्वारा एक निर्जन जंगलमा फेला पारिएका तीनवटा हड्डी त्यसभित्र राखिएको थियो। हड्डीको प्रकृति हेर्दा कुनै मृत जनावरको हड्डी जस्तो लाग्थ्यो। तैपनि प्रहरीले परीक्षणका लागि उक्त हड्डी चिकित्सक समक्ष पठाए। हड्डी परीक्षण निम्ति पठाइएको डाक्टरको नाम थियो- डा. जोसेफ बेल। यिनी न्यूजिल्याण्ड निवासी थिए।
डा. सर आर्थर कानन डोयलले तिनैबाट प्रभावित भई शर्लक होम्स नामको विश्व रंगमञ्चकै एक अद्भूत पात्र जन्म दिएका थिए। आफूले प्राप्त गरेका तीन हड्डी उनले केही समयपछि प्रहरीलाई नै फर्काइदिए। जाँचपछि प्रहरीलाई दिएको प्रतिवेदनमा डा. जोसेफले लेखेका थिए- ‘हड्डी कुनै जनावरको नभएर एक युवतीको हो। उनको उमेर २३-२५ वर्ष हुनुपर्छ। युवतीको मृत्यु तीन महिनाअघि भएको थियो। तिनको पेटमा एक महिनाको गर्भ थियो। युवती हिँड्दा खुट्टा खोच्याउँथिन। तिनको हत्या स्वदेशी बन्दुकको गोलीबाट भएको थियो। गोली लागेको ८-१० दिनसम्म युवती जीवितै थिइन।’
डा. जोसेफले प्रस्तुत गरेको प्रतिवेदनलाई प्रहरी पत्याएन। बरु उल्टो व्यंग्य गर्न थाले। एक प्रहरीले त जिस्काउने शैलीमा सोधे- ‘त्यसो भए डा. साब तपाईंलाई मर्ने केटीको आँखाको रंग पनि थाहा होला। कृपा गरेर बताइदिनुहुन्छ कि ?’
‘हड्डी कुनै जनावरको नभएर एक युवतीको हो। उनको उमेर २३-२५ वर्ष हुनुपर्छ। युवतीको मृत्यु तीन महिनाअघि भएको थियो। तिनको पेटमा एक महिनाको गर्भ थियो। युवती हिँड्दा खुट्टा खोच्याउँथिन। तिनको हत्या स्वदेशी बन्दुकको गोलीबाट भएको थियो। गोली लागेको ८-१० दिनसम्म युवती जीवितै थिइन।’
डा. चश्मा टेबुलमा राख्दै भने- ‘मेरो विचारमा ती युवतीको आँखा खैरो हुनुपर्छ।’ जोसेफको कुराप्रति विश्वास नहुँदा नहुँदै पनि प्रहरी चुप बसे। तीन टुक्रा हड्डीबाट अपराधका यति विधि रहस्य खुलेकोमा प्रहरी हैरान थियो। डा. जोसेफको अनुसन्धानमाथि प्रश्न उठाउने सामथ्र्य अब प्रहरीमा रहेन। यसअघि पनि प्रहरीले उनकै अनुसन्धान पछ्याउँदै जाँदा थुप्रै अपराधी पक्रिन सफल भएको थियो। आफ्नो क्षेत्रमा त उनलाई समकक्षीहरुले ‘जादूगर’को उपमा दिएका थिए। उनमा एकप्रकारको विलक्षण प्रतिभा थियो।
युवती हत्या सम्बन्धी अनुसन्धान गरिरहेका प्रहरी त्यतिबेला चित खाए कि युवतीको हत्या भएको यथार्थमै तीन महिना पूरा भएको थियो। र, मृत युवती एउटा खुट्टा खोच्याउँथिन। अनुसन्धानपछि प्रहरीले हत्या गरिएकी युवतीको पितालाई गिरफ्तार गर्यो।
आफ्नो अपराध स्वीकार्दै उसले भन्यो- ‘म बाट छोरीको अन्जानमा हत्या भयो। स्थानीय गाउँमा बनेको बन्दुक मर्मत तथा सरसफाई गर्ने काममा व्यस्त थिएँ। बन्दुकबाट अकस्मात गोली फुत्किएर मेरी छोरीलाई लाग्यो। गोप्य तवरले छोरीको उपचारको प्रबन्ध पनि मिलाएँ। अन्त्यमा केही लागेन। मैले उसलाई बचाउन सकिन। अपराधबाट बच्न मैले छोरीको लासलाई निर्जन ठाउँमा मिल्काई दिएँ।’
डा. जोसेफको चमत्कृत प्रतिभाबाट आश्चर्यमा परेका प्रहरीको भीडले उनी घेरिन थाले। प्रहरीको प्रश्न थियो, ‘तपाईंको यो प्रतिभा दैवी शक्ति हो। भूतलाई समेत काबुमा ल्याउने यस्तो सामर्थ्य कहाँबाट प्राप्त गर्नुभयो ? हैन भने जादू विना यस्तो शक्ति सम्भव छैन।’
जोसेफले हाँस्दै जिज्ञासा मेटाउने प्रयत्न गरे- ‘भाइहरु, भूतको कुरामा अनपढले मात्र विश्वास गर्छन्। कुरा त्यति कठिन छैन। प्राप्त तीन हड्डीमध्ये दुई हड्डी कम्मरको थियो। तेस्रो हड्डी ढाडको तल्लोपट्टिको थियो। यी सबै हड्डी एकाकार भई छाती बन्नपुग्यो। हड्डीको प्रकृति हेरेर मैले उसको उमेर र लिंग पत्ता लगाएँ।
‘म बाट छोरीको अन्जानमा हत्या भयो। स्थानीय गाउँमा बनेको बन्दुक मर्मत तथा सरसफाई गर्ने काममा व्यस्त थिएँ। बन्दुकबाट अकस्मात गोली फुत्किएर मेरी छोरीलाई लाग्यो। गोप्य तवरले छोरीको उपचारको प्रबन्ध पनि मिलाएँ। अन्त्यमा केही लागेन। मैले उसलाई बचाउन सकिन। अपराधबाट बच्न मैले छोरीको लासलाई निर्जन ठाउँमा मिल्काई दिएँ।’
युवतीको हड्डी एकातिरको अनुपातमा अर्कोतिर भारी थियो। त्यसैले मैले ती युवती खुट्टा खोच्याउँथिन भनेको हो। प्राप्त हड्डीमा देशी बन्दुकको छर्रा पाइएको थियो। यसकारण मैले उनको मृत्यु रहस्य खोल्न सकें। भाँचिएका हड्डी जोडिने क्रम सुरु भएको देखियो। यसबाट ती युवती केही दिन जीवित रहेको पुष्टि भयो।’
‘आँखाको रंग खैरो थियो भन्नुको आधार के हो ?’ प्रहरीको जिज्ञासा साम्य पार्दै उनले जवाफ दिए- ‘मेरो अनुमानमा ती केटी मिश्रकी हुन। मिश्री नारीको आँखा स्वभावतः खैरो हुन्छ। यसैका आधारमा मैले खैरो रंग पुष्टि गरेको हुँ।’
यो घटना झण्डै शताब्दी अघिको हो। त्यस समयमा पनि विज्ञानले आजको जस्तो प्रगति गरेको थिएन। डा. जोसेफले त्यही समय अपराध प्रयोगशाला बनाएका थिए। उनले आफ्नो जीवनीमा लेखेका छन्- ‘अपराधको छानवीन आज विज्ञान बनेको छ। आज विश्वमा जुन परिवर्तन भएको छ, त्यसको श्रेय शर्लक होम्सलाई जान्छ। कानन डोयलले कितावी जासूस पात्र शर्लक होम्सको माध्यमबाट अपराध अनुसन्धानलाई यति सुक्ष्म र पारदर्शी बनाइदिए कि जसबाट अपराध नियन्त्रणमा ठूलो टेवा पुग्यो।’
डा. जोसेफ जासूसी पात्र शर्लक होम्सबाट अत्यन्त प्रभावित थिए। जोसेफको प्रतिभाशाली प्रतिरुप शर्लक होम्स थियो। जासूसी क्षेत्रमा उनले अद्भूत काम गरे। आठ दशकको उमेरसम्म सुल्झिन नसकेका विश्वका कठिनतम अनुसन्धानको गाँठो उनको हात परेपछि छू मन्तर हुन्थ्यो। कार्यक्षेत्र चिकित्सा भएपनि आफ्नो प्रयोगशालाका माध्यमबाट उनले थुप्रै रहस्य खोल्ने काममा सफलता प्राप्त गरे। केही समय मिश्रमा बिताएपछि जोसेफ एडिनवरा विश्वविद्यालयमा फोरेन्सिक मेडिसिनको प्रोफेसर बनेर गए। त्यहाँ उनको एक जासूसी मित्र विली मेरिलिसले एउटा समस्या सुल्झाइदिन आग्रह गरे। एउटा बाकस जुन चोरले फोरेको थियो। घटनास्थलमा प्राप्त एउटा सानो धागोको टुक्राबाट अपराधी पत्ता लगाउनुपर्ने थियो।
डा. जोसेफ जासूसी पात्र शर्लक होम्सबाट अत्यन्त प्रभावित थिए। जोसेफको प्रतिभाशाली प्रतिरुप शर्लक होम्स थियो। जासूसी क्षेत्रमा उनले अद्भूत काम गरे।
त्यस धागोलाई लिएर उनी नालीबेली पत्ता लगाउने अभियानमा जुटे। अन्त्यमा आफ्नो निष्कर्ष सुनाउँदै उनले भने, ‘यो धागो कुनै व्यक्तिले लगाएको जुत्ताको हो। जुत्ताको आकार साढे नौ इन्च छ। जुत्ताको रंग कालो छ। जुत्ता किनेको दुई वर्ष बित्यो। जुत्ता इंगल्याण्डमा बनेको हो। जुत्ता लगाउने मानिस केही समयअघि चुन भएको मैदानमा हिँडेको हुनुपर्छ।’
यति सूचना प्राप्त गरेपछि विली एडिनबराको एक रक्सी पसलमा गए। त्यस पसलमा नगरका कुख्यात फटाहा जम्मा हुन्थे। पसलमा जम्मा भएका मध्ये एकलाई विलीले शंकास्पद शैलीमा सोधे- ‘तिमी किन चुना भएको मैदानमा घुम्ने गर्छौ ?’
उसले निर्दोष शैलीमा उत्तर दियो- ‘म मेरो बुबालाई खेतीको काममा सहयोग गर्न खेतमा जाने गर्छु।’ विलीले उसलाई तत्काल गिरफ्तार गरे। विलीले उसले लगाएको जुत्तालाई फेरि जोसेफलाई पठाए। जोसेफले घटनास्थलमा प्राप्त धागो त्यही जुत्ताको भएको प्रमाणित गरिदिए। अन्ततः उक्त चोरले बाकस फोरेको स्वीकार्यो।
जोसेफको जन्म सन् १८८३ मा भएको थियो। औषधि विक्रेताको रुपमा काम गर्दागर्दै उनले एडिनबराको चिकित्सा विद्यालयमा अध्ययन आरम्भ गरे चिकित्सा क्षेत्रमा रहेको बेला भएको एउटा घटनाले जोसेफ चिकित्सा क्षेत्रबाट विरक्तिए। जुन घटना एकदमै कारुणिक थियो।
एकरात एकजना किसान उनी भएको ठाउँमा आयो। उसकी गर्भवती पत्नी अस्वस्थ थिइन। जोसेफ किसानसँगै उनको घर जाँदा किसानकी पत्नी ज्वरोले इन्तु न चिन्तु भएकी थिइन। जीवनको उत्तराद्र्धमा पुगेकी ती महिलाले ईशारामा प्राण बचाइदिन जोसेफसँग लाख आग्रह गरिन। डाक्टरले भएका सम्पूर्ण विकल्प प्रयोग गरेर उपचार गरे। काबु बाहिर रहेको ती महिलाको अवस्था जोसेफले सुधार्न सकेनन। अन्ततः उनको प्राण गयो।
जोसेफको जन्म सन् १८८३ मा भएको थियो। औषधि विक्रेताको रुपमा काम गर्दागर्दै उनले एडिनबराको चिकित्सा विद्यालयमा अध्ययन आरम्भ गरे चिकित्सा क्षेत्रमा रहेको बेला भएको एउटा घटनाले जोसेफ चिकित्सा क्षेत्रबाट विरक्तिए। जुन घटना एकदमै कारुणिक थियो।
तिनै महिलाको ज्यान सुरक्षित गर्न नसकेपछि विरक्तिएका जोसेफले आफ्नो पेशाबाटै हात धुने निर्णय गरे। त्यसपछि उनले शिक्षण पेशामा आफ्नो रुचि बढाए। यसको केही समयपछि जोसेफले नेदरल्याण्डको सेनामा काम पाए। जुनबेला प्रथम विश्वयुद्ध चलेको थियो।
त्यतिबेलै मिश्री प्रहरीको प्रयोगशालामा एक जनशक्तिको खाँचो थियो। जोसेफ त्यस ठाउँमा उपयुक्त व्यक्ति ठहरिए। मिश्रमा उनले आफ्नो प्रतिभाअनृसारको कार्यक्षेत्र प्राप्त गरे। प्रहरीले सुल्झाउन नसकेका थुप्रै घटनाको गाँठो फुकाइदिएसँगै उनको ख्याती बढ्दै गयो।
सन् १९०२ मा मिश्रमा राजनीतिक हत्याकाण्ड तीब्र रुपमा मच्चियो। हत्यालाई किनारा लगाउन उनले ‘न्यायालय प्रक्षेप्यास्त्र’ अभियानलाई वृहत रुप दिए। त्यसखालको वैज्ञानिक पद्धतिको विकासबाट अमूक गोलीको प्रयोग कुन किसिमको हतियारमार्फत चलाइएको थियो भन्ने प्रष्ट हुन्छ।
मिश्रका आतंकवादीहरुले तात्कालीन शासकलाई धराशायी बनाउने यसप्रकारको हिंस्रक नीति अंगालेका थिए। हत्याराहरु हत्या गर्नासाथ गायब हुन्थे। प्रहरी ठोस प्रमाणविना कारवाही गर्न सक्दैनथ्यो। यस्तो जटिल अवस्थाको समाधान बिन्दु यिनै डाक्टर थिए। मारिएका मानिसको लासबाट निकालिएको गोलीमार्फत हत्याराको रहस्य खोलिदिए। हत्याराले ३२ क्यालिवरको कोल्ट, ब्राउनिङ, लिविया र काउस्टर नामक बन्दुक प्रयोग गरेको थियो भन्ने सार्वजनिक गरिदिए। जोसेफले प्रहरीलाई आश्वस्त गराउँदै भने- ‘यदि तपाईंहरुले मलाई बन्दुक दिनुभयो भने म हत्याराको प्रकृति पत्ता लगाउने प्रयास गर्नेछु। जसबाट तपाईंहरुलाई अपराधीमाथि कारवाही गर्न मद्दत पुग्नेछ।’
सन् १९२४ को नोभेम्बर महिनामा एउटा यस्तो घटना घट्यो डा. जोसेफलाई विश्व विख्यात बनाइदियो। लि स्टाक पाशा सुडानका गभर्नर थिए। एउटा सार्वजनिक कार्यक्रममा भाग लिएर फर्कने क्रममा उनीमाथि गोली प्रहार भयो।
सन् १९२४ को नोभेम्बर महिनामा एउटा यस्तो घटना घट्यो डा. जोसेफलाई विश्व विख्यात बनाइदियो। लि स्टाक पाशा सुडानका गभर्नर थिए। एउटा सार्वजनिक कार्यक्रममा भाग लिएर फर्कने क्रममा उनीमाथि गोली प्रहार भयो। गोली लागेको दुई दिनपछि उनको मृत्यु भयो। गभर्नरको हत्याले देशभर आन्दोलनको आगो सल्कियो। अपराधी फरार भएका कारण प्रहरी निरीह बनेको थियो।
सन् १९२४ को नोभेम्बर महिनामा एउटा यस्तो घटना घट्यो डा. जोसेफलाई विश्व विख्यात बनाइदियो। लि स्टाक पाशा सुडानका गभर्नर थिए। एउटा सार्वजनिक कार्यक्रममा भाग लिएर फर्कने क्रममा उनीमाथि गोली प्रहार भयो।
डा. वेलले राजनीतिक व्यक्तिको हत्यामा संलग्न हत्याराद्वारा नै गभर्नरको हत्या गरिएको तथ्य बताइदिए। परीक्षण क्रममा त्यसै समय एउटा चमत्कारपूर्ण घटना घट्यो। शंकास्पद अपराधीलाई सोधपुछकै क्रममा सब्जी राखिएको एक टोकरी अकस्मात पल्टिन पुग्यो। त्यस टोकरीमा कोल्ट र ब्राउनिग नामक दुई पेस्तोल लुकाएर राखिएको भेटियो।
डा. जोसेफले सोही बन्दुकको दिनरात अनुसन्धान गरेपछि प्रमाणकासाथ दृढतापूर्वक प्रहरीलाई भने- ‘यही हो त्यो पेस्तोल जसबाट गभर्नरको हत्या गरिएको थियो।’ अदालतमा उनलाई सोधियो, ‘तपाईं कसरी ठोकुवा गर्न सक्नुहुन्छ कि यसै पेस्तोलबाट गभर्नरको हत्या गरिएको थियो ?
‘निश्चय नै’ वेलको जवाफ थियो। उनको जवाफले अदालतभर सन्नाटा छायो। बचाउका पक्षको वकीलाई जोसेफको भनाइको प्रतिरक्षा गर्न न्यायाधीशद्वारा आग्रह गरिँदा उनी मौन रहे। उनीसँग कुनैतर्क बाँकी रहेन। जोसेफले यसरी आफ्नो भनाइ सप्रमाण सिद्ध गरिदिए। डा. जोसेफका अनुसार कुनै अपराध पूर्ण हुँदैन। हाम्रो हेराइ अपूर्ण हुनसक्छ। अपराधीले घटनास्थलमा औंलाको छाप मात्र हैन, कयौं प्रमाण छोड्छ। सूक्ष्म अध्ययन गरिएमा कुनै अपराधी फुत्कन पाउँदैन।
फुर्सदका समयमा जोसेफ औषधि सम्बन्धी ग्रन्थ लेख्थे। उनले लेखेका ग्रन्थ विश्वका अनगिन्ती भाषामा प्रकाशित भइसकेका छन्। जोसेफलले आफ्नो जीवनी पनि लेखेका छन्।
उनले क्यानडा निवासी एक डाक्टरपुत्रीसँग विवाह गरेका थिए। डा. जोसेफका पुत्र गुडसर वेल स्कटल्याण्डका नामी साहित्यकार भए। डा. जोसेफ पनि वनस्पति शास्त्र अलावा छन्द शैलीका मुक्तक र कविता कोर्थे। अपराधको रौं रौं पत्ता लगाउने यी पात्र अहिले पनि आफ्नो क्षेत्रमा आदर्श मानिन्छन्।