समाचार

प्रधानसेनापतिद्वारा अभ्यास शान्ति प्रयास-चारको अवलोकन

By खबरहब

February 24, 2024

काठमाडौं– प्रधानसेनापति प्रभुराम शर्माले वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पाँचखालमा सञ्चालन भइरहेको बहुर्राष्ट्रिय अभ्यास शान्ति प्रयास चारको अवलोकन गरेका छन् ।

सो अवसरमा प्रधानसेनापतिले कर्मचारी प्रशिक्षण कार्यक्रम, क्षेत्रीय सैनिक प्रशिक्षण र क्षमता अभिवृद्धिसँग सम्बन्धित कक्षा तथा अभ्यासको अवलोकनका साथै अभ्यासमा सहभागी सैनिकसँग अन्तरक्रिया गरे ।

अमेरिकी ग्लोबल पिस अपरेशन इनिसिएटिभको सहयोग तथा नेपाली सेना र अमेरिकी सेनाको सहकार्यमा यही फागुन ८ देखि सुरू भएको अभ्यासमा नेपालसहित १९ राष्ट्रका एक हजार एक सय २५ सैनिक सहभागी छन् ।

 अभ्यास यही फागुन २१ गतेसम्म सञ्चालन हुनेछ ।