फाइल फोटो

समाचार

उपप्रधानमन्त्री श्रेष्ठ आज चीन भ्रमणमा जाँदै

By खबरहब

March 24, 2024

काठमाडौँ– उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज राति चीनको औपचारिक भ्रमणमा जाने भएका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य तथा जनवादी गणतन्त्र चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा उनी आज राति ११ बजे चीन जान लागेका हुन् ।

भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ विदेशमन्त्री वाङसँग चैत १३ गते द्विपक्षीय भेटवार्ता गर्नेछन् । साथै उनले बेइजिङ र अन्य प्रान्तहरूमा जनवादी गणतन्त्र चीनका उच्च स्तरका विशिष्ट व्यक्तिहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उपप्रधानमन्त्री श्रेष्ठ भ्रमण सम्पन्न गरी यही चैत १९ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।