राजनीति

उपनिर्वाचनबारे छलफल गर्न एमाले सचिवालय बैठक जारी

By खबरहब

March 24, 2024

काठमाडौं– उपनिर्वाचनबारे छलफल गर्न एमाले सचिवालय सुरु भएको छ ।  बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसिरहेको पार्टीका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले बताइन् ।

बैठक सुरु हुनुभन्दा पहिले सचिवालयका नेताहरूले होली पर्व समेत मनाएका छन् ।

बैठकमा इलाम २ को प्रतिनिधि सभा उपनिर्वाचन र बझाङ बझाङ १  प्रदेशसभा क मा हुने उपनिर्वाचनको बारेमा छलफल हुने छ ।

यस्तै राष्ट्रिय प्रतिनिधि परिषद् बैठक तयारीका विषयमा पनि छलफल हुने बताइएको छ ।  उपनिर्वाचन आगामी वैशाख १५ गतेका लागि तय भएको छ  ।