राजनीति

रास्वपालाई सरकारबाट गलत्याएर फ्याँक्नु पर्दैन : गृहमन्त्री लामिछाने

By खबरहब

March 24, 2024

काठमाडौं– उपप्रधान गृहमन्त्री रवि लामिछानेले चितवनमा होली पर्व मनाएका छन्  ।

उनले आफ्नो निजी सचिवालय रहेको भरतपुर बसेनी चोकस्थित कार्यालयमा कार्यकर्तासँग एक आपसमा अबिर साटासाट गर्दै होली मनाएका हुन्  ।

सो अवसरमा बोल्दै उनले अहिले गठबन्धन गरेर त सरकारमा आफूले ठूलो काम गरेको दाबी गरे । चितवन कै कारण आफूलाई हरेक सुख दुःखमा साथ सहयोगले नयाँ उचाइ पुगेको उनले बताए ।

लामिछानेले कांग्रेसलाई प्रधानमन्त्रीले गलत्याएर सरकारबाट फ्याँकेको जस्तो अवस्थामा आफूहरू नपुग्ने भन्दै काम गर्न नसके राजीनामा पत्र अहिलेदेखि झोलामा तयार रहेको दोहराए ।