समाचार

रविले भने : जीबीलाई पक्राउ गर्न सरकारले पूरै शक्ति परिचालन गरेको छ 

By खबरहब

March 24, 2024

काठमाडौं– उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले देशभरी सहकारीमा देखिएको समस्या समाधानका लागि सरकार लागेको बताएका छन् ।

आइतबार चितवनको भरतपुर बिमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै उनले सहकारपीडितसँग सरकारले वार्तामार्फत समस्या समाधानको प्रयास गरेको बताए । देशभरिका सहकारपीडितको समस्या समाधान गरिने उनको भनाइ थियो ।

सहकारीको पैसा अपचलन गर्नेहरूको सम्पत्ति खोजेर भए पनि बचत कर्ताको पैसा फिर्ता गर्ने उनले बताए । गृहमन्त्री लामिछानेले बचतकर्ताको रकम फिर्ता गर्नका लागि सम्बन्धित दोषीहरूको सम्पत्ति ल्याएर भए पनि उपलब्ध गराउने बताए ।

सहकारीको पैसा अपचलन गरेर फरार रहेका जीबी राईलाई नियन्त्रणका लागि सरकारले पूरै शक्ति परिचालन गरेको उनले बताए ।

सरकारले गरेका अनुसन्धान र अध्ययनका कुरा पहिले नै सार्वजनिक गर्न नहुने भन्दै उनले राई छिट्टै पक्राउ पर्ने विश्वास व्यक्त गरे ।

फरक प्रसङ्गमा बोल्दै उनले चेपाङ समुदायका लागि राज्यको उपस्थिति हुने गरी सरकारले काम गर्ने बताए। विज्ञहरू र सरोकारवाला प्रतिनिधिसँगको छलफलबाट यस वर्ष बजेटमै राखेर काम गर्न लागिएको उनले बताए  ।

याे पनि…

रास्वपालाई सरकारबाट गलत्याएर फ्याँक्नु पर्दैन : गृहमन्त्री लामिछाने