राजनीति

बझाङ-१ को प्रदेशसभामा एमालेबाट दमनबहादुर भण्डारी उम्मेदवार बन्ने

By खबरहब

March 24, 2024

काठमाडौं–  एमालेबाट बझाङ क्षेत्र नम्बर–१ ‘क’मा हुने प्रदेशसभा उपनिर्वाचनमा दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरिएको ज्ञवालीले जानकारी दिएका छन् ।

एमालेका उम्मेदवारलाई विजयी गराउन सम्पूर्ण पार्टीपङ्ती लाग्ने र अन्य दलहरूलाई पनि उम्मेदवारको पक्षमा समर्थनका लागि अपिल गर्ने निर्णय बैठकले गरेको छ । रास्वपासंग पनि उपनिर्वाचनका विषयमा छलफल गरिने र फरक फरक उम्मेदवार भए स्वस्थ प्रतिस्पर्धा गर्ने ज्ञवालीले बताए ।

त्यस्तै ज्ञवालीले तत्कालीन कांग्रेस मन्त्रीहरूको राजीनामाको माग र अहिले कांग्रेसले गरिरहेको गृहमन्त्रीको राजीनामाको मागको प्रसङ्ग फरक फरक भएको भन्दै अहिले गृहमन्त्रीको राजीनामाको माग राजनीतिक प्रतिशोध मात्रै भएको धारणा राखे । त्यस्तै उनले एमालेको अहिलेको एक मात्र ध्यान सुशासन, विकास समृद्धि र जनतामा भरोसा जगाउने विषयमा मात्रै रहेको भन्दै कुनै पदका लागी एमालेले ध्यान नदिने जिकिर गरे ।

त्यस्तै बैठकले रुसको मस्कोमा भएको आतङ्ककारी हमलाको निन्दा र भर्त्सना गर्दै जस्तो सुकै आवरणमा हुने आतङ्कवादी हमलाको विरोधमा एमाले उत्रने ज्ञवालीले बताए ।