देश/प्रदेश

टिकट पाएपछि सुहाङले भने : ‘जित सुनिश्चित छ ’ 

By खबरहब

March 24, 2024

काठमाडौं– नेकपा एमालेका युवा नेता सुहाङ नेम्बाङले आफ्नो जित सुनिश्चित भएको बताएका छन् ।

आइतबार एमाले सचिवालयको बैठक बसेर उनलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

सो निर्णयपछि उनले खबरहबवसँग कुरा गर्दै भने, ‘इलामका अग्रज नेता र मेरा पार्टीका सबै नेताहरूप्रति यो जिम्मेवारीको लागि आभारी छु । मलाई दिएको जिम्मेवारी पुरा गर्छु । मेरो जित सुनिश्चित छ ।’

उनले इलाम  २ का जनताको सपना र माग पूरा गर्ने भन्दै आफ्ना क्षेत्रका जनताले आफूप्रति ठुलो भरोसा राखेको बताए ।

प्रतिनिधि सभा निर्वाचन २०७९ मा यो स्थानमा  एमाले भर्सेस गठबन्धनले चुनावी प्रतिस्पर्धा गरेका थिए ।

त्यस बेला एमालेका उम्मेदवार स्व सुवास नेम्बाङले ३० हजार २० मत ल्याएका थिए भने गठबन्धनका तर्फबाट कांग्रेस नेता खड्काले २९ हजार ९०६ मत पाएका थिए । इलामका दुई वटै क्षेत्रमा गठबन्धनलाई हराउँदै एमाले उम्मेदवारहरु विजयी बनेका थिए ।

गत निर्वाचनको तथ्याङ्कलाई आधार मान्ने हो भने इलाम–२ मा एमाले एक्लैको मत ३० हजार छ ।

याे पनि …

एमालेले इलाममा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने