फाइल फोटो

राजनीति

उप निर्वाचनमा उम्मेदवार उठाउनु अघि नेकपा एसले गठबन्धनमा छलफल गर्ने

By खबरहब

March 24, 2024

काठमाडौं– नेकपा एकीकृत समाजवादीले उप निर्वाचनका लागि अझै उम्मेदवार तय गर्न सकेको छैन ।

आइतबार बसेको सो पार्टीको सचिवालय बैठकले सत्तारूढ गठबन्धनका अन्य घटकसँग छलफल गरे पछि मात्रै उम्मेदवारका बारेमा टुंगोमा पुग्ने निष्कर्ष निकालेको छ ।

सत्ता गठबन्धन दलहरूसँग छलफल गरेपछि मात्रै उम्मेदवार उठाउने नउठाउने निर्णय गर्ने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

एमालेले उम्मेदवार तय गर्ने निर्णय गरे पनि सत्तारूढ गठबन्धनका नेकपा एस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीले भने अझै उम्मेदवारका बारेमा कुनै निर्णय लिइसकेका छैनन् ।