ब्रेकिङ स्टोरी

झापाको झिलझिलेमा सवारी दुर्घटना, तीनजनाको मृत्यु

By खबरहब

April 24, 2024

झापा– झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान भएको सडक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत दमकबाट सुरुङ्गातर्फ जाँदै गरेको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको जीप एकआपसमा ठोक्किदा मोटरसाइकलमा सवार तीनै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिए ।

दुर्घटनाबाट गम्भीर घाइते भएका तीनै जनालाई उपचारका लागि बि एन्ड सी मेडिकल कलेज लगिएकोमा चिकित्सकले तीनै जनालाई मृत घोषणा गरेका हुन्।

जीप चालकलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको छ । मृतकको सनाखत हुन बाँकी छ ।