राजनीति

नेपाल र कतारको प्रतिनिधिमण्डलबीच भेटवार्ता जारी

By खबरहब

April 24, 2024

काठमाडौं– दुई दिनको नेपाल भ्रमणमा रहेका कतारका अमिर शेख तमिम बिद हमाद अल थानीको प्रतिनिधिमण्डल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितको नेपाली टोलीबीच द्विपक्षीय भेटवार्ता जारी रहेको छ ।

प्रधानमन्त्री दाहाल र कतारी अमिर अल थानीको वान टु वान भेटपछि होटल सोल्टीमा द्विपक्षी प्रतिनिधिमण्डलको भेटवार्ता सुरु भएको हो ।

द्विपक्षीय वार्तामा कतारी मन्त्रीका साथै उच्च पदस्थ अधिकारी र नेपालका उपप्रधानमन्त्रीसहित मन्त्रीहरु सहभागी छन् ।

यो भेटवार्ता पछि नेपाल र कतारबीच सहयोग आदानप्रदानबारे केही सहमति र सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम छ ।

हस्ताक्षर कार्यक्रमपछि प्रधानमन्त्री दाहालले अमिर थानीको सम्मानमा होटल द्वारिकामा दिवा भोजको आयोजना गरेका छन् । थानी आजै स्वदेश फर्किने कार्यक्रम रहेको छ ।