समाचार

फेवातालमा डुंगा दुर्घटना, पाँचै जनाको सकुशल उद्धार

By खबरहब

April 24, 2024

पोखरा– कास्की जिल्ला पोखरा महानगरपालिका–६ फेवातालमा मंगलबार दिउँसो डुंगा दुर्घटनामा परेका पाँच जनाको सकुशल उद्धार गरिएको छ । 

अचानक आएको हावाहुरीको कारण डबल प्याडल बोटमा बोटिङ गरिरहेका ५ जना  फेवाताल नजिकै रहेको माछा पालन केन्द्रको जालमा अड्कीएका थिए । 

दुर्घटना लगत्तै नं. २४ कालिका गण कास्कीबाट फेवाताल रेस्क्यु वाच टावरमा तैनाथ विपद् व्यवस्थापन सहितको टोलीले उनीहरूको तत्कालै सकुशल उद्धार गरेको हो ।