समाचार

महोत्तरीमा आगलागी हुँदा ३० घर जलेर नष्ट

By खबरहब

April 24, 2024

जनकपुरधाम– महोत्तरीमा आगलागी हुँदा करिब ३० वटा घर जलेर नष्ट भएका छन् । जिल्लाको मटिहानी नगरपालिका वडा नम्बर ६ मुस्लिम बस्तीमा आगलागी हुँदा करिब ३० वटा घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता नायव उपरिक्षक संतु जयसवालले जानकारी दिएका छन् । 

जयसवालले आगो अहिलेपनि नियन्त्रण बाहिर रहेको र आगो नियन्त्रणमा लिने प्रयास भइरहेको बताए । उनले आगो नियन्त्रणमा लिनको लागि विभिन्न स्थानबाट ७ वटा वारुणयन्त्र पुगेको छ । 

विस्तृत विवरण आउन बाँकी छ ।