देश/प्रदेश

डोटीमा ट्यांकरको ठक्करबाट पतिको मृत्यु, पत्नी गम्भीर घाइते

By खबरहब

April 24, 2024

कैलाली- कैलालीबाट अछामतर्फ गइरहेको मोटरसाइकल डोटीको जोरायल गाउँपालिका-२, बुडरमा बुधबार दुर्घटना हुँदा गम्भीर घाइते भएका एकजनाको ज्यान गएको छ ।

सुदूरपश्चिम प्रदेश ०१-०११ प ५२१९ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको सुदूरपश्चिम प्रदेश ०४-००१ ख ००१२ नम्बरको तेल बोक्ने खाली ट्याङ्करले ठक्कर दिँदा घाइते भएकामध्ये अछामको मंगलसेन नगरपालिका-३ बिसाकोटका ३६ वर्षीय रमेश विकको ज्यान गएको हो ।

बुधबार बिहान १० बजेतिर  बुडरमा ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा दम्पती गम्भीर घाइते भएका थिए । घटनामा गम्भीर घाइते रमेशकी श्रीमती लक्ष्मीको उपचार भइरहेको छ ।

घटनालगत्तै एम्बुलेन्समार्फत दुवैजना घाइतेलाई धनगढीको मायामेट्रो अस्पतालमा भर्ना गरिएको थियो । तर त्यहाँ रमेशले ज्यान गुमाएका हुन् ।