खेलकुद

यु-२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा सहभागी हुने खेलाडीको बिदाई

By खबरहब

April 24, 2024

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले काजकिस्तानको अस्तानामा हुने एएसबीसी यु–२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा सहभागी हुने खेलाडीसहित ५ सदस्यीय टोलीलाई बिदाई गरेका छन् ।

प्रतियोगिता अप्रिल २७ देखि मे ८ तारिखसम्म हुँदै छ । साथै प्रतियोगितामा पुरुष ४८ केजी समुहमा लालप्रसाद उप्रेती, महिला ४८ केजी समुहमा सुष्मा तामाङ र महिला ५० केजी समुहमा रमिशा श्रेष्ठले भाग लिँदै छन् । 

त्यस्तै खेलाडीसँगै प्रशिक्षक सुजित पुन मगर र निर्णायक धनकुमार मैनाली पनि कजाकिस्तान जाँदै छन् ।