तस्बिर : गेटी इमेज

अन्तर्राष्ट्रिय

रुसका उपरक्षामन्त्री घुस लिएको आरोपमा पक्राउ

By खबरहब

April 24, 2024

काठमाडौं– रुसी अदालतले बुधबार रक्षा मन्त्री सर्गेई शोइगुका एक सहायकलाई घुस लिएको आशंकामा हिरासतमा राख्न आदेश दिएको छ ।

रूसका दिवंगत विपक्षी नेता एलेक्सी नाभाल्नीको टोलीले गरेको अनुसन्धानले भ्रष्टाचार गरेको आरोप लगाएका रूसी उपरक्षामन्त्रीलाई बुधबार हिरासतमा लिइएको  हो । 

उनले ठूलो रकम घूस लिएको आरोप नाभाल्नीको टोलीले लगाएको छ । रक्षामन्त्री सेर्गेइ शोइगुका लामो समयदेखिका सहयोगी तैमुर इभानोभको गिरफ्तारी हालैका वर्षहरूमा रूसमा भएको सबैभन्दा नाटकीय भ्रष्टाचारको घटना हो । युक्रेनमाथिको आक्रमणबीच सेनामा खर्च बढिरहेको बेला यो कदम चालिएको हो ।

अठ्चालीस वर्षीय इभानोभले सशस्त्र बलको निर्माण र खरिदको रेखदेख गरेका थिए र रूसी सेनाले कब्जा गरेको युक्रेनी शहर मारिउपोलको रूसी उच्च ओहोदाको पुनर्निर्माणसँग जोडिएको थियो ।

विशेषगरी ठूलो परिमाणमा घूस लिएको अभियोगमा उनलाई १५ वर्षको जेल सजाय हुन सक्ने बताइएको छ ।

रूसी केही स्वतन्त्र सञ्चार माध्यमले इभानोभ र उनको परिवारले आफूले मन्त्रालयमा सहमति गरेको सम्झौतामा गैर–कानुनी लाभ लिएर अकूत सम्पत्ति आर्जन गरेको आरोप लगाएका छन् ।

सन् २०२२ को डिसेम्बरमा नाभाल्नीको टोलीले इभानोभकी श्रीमती स्वेतलाना मनिओविचबाट चुहेका हजारौँ इमेलहरू प्राप्त गरेको बताएको थियो ।