फाइल तस्वीर

समाचार

बागमती प्रदेशको हिउँदे अधिवेशन अन्त्य

By खबरहब

April 24, 2024

हेटौंडा- बागमती प्रदेश सरकारले प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य भएको छ ।

प्रदेश सरकारको सिफारिसमा बुधवार प्रदेश प्रमुख यादवचन्द्र शर्माले आजै राति १२ बजेदेखि लागू हुने गरि प्रदेशको हिउँदे अधिवेशनको अन्त्य गरेका हुन् । 

प्रदेश सरकार आगामी आर्थिक वर्ष २०८१-८२ को बजेट निर्माणको तयारीमा रहेकोले हिउँदे अधिवेशन अन्त्य गरेर जेठमा बजेट अधिवेशन बोलाउन अन्त्यको सिफारिस गरेको प्रवक्ता गंगा नारायण श्रेष्ठले बताएका थिए ।

फागुन १५ बाट शुरु भएको हिउँदे अधिवेशनको पछिल्लो बैठक चैत्र १९ मा बसेको थियो । सो बैठकमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत लिएका थिए ।