क्रिकेट

दिल्लीद्वारा गुजरातलाई २२५ रनको लक्ष्य प्रस्तुत

By खबरहब

April 24, 2024

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई २२५ रनको लक्ष्य दिएको छ ।

अरुण जेटली स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २२४ रन बनाएको हो।

उसका लागि कप्तान ऋषभ पन्त र अक्षर पटेलको अर्धशतक बनाए । ४३ बलको सामना गरेको पन्तले ८ छक्का र ५ चौकाको मदतमा ८८ रन बनाए । त्यस्तै पटेलले ६६, ट्रिस्टन स्टब्सले २६ रन बनाए ।

गुजरातका लागि सन्दीप वारिवरले ३ तथा नोर अहमदले एक विकेट लिए ।

जारी आइपिएलमा दिल्ली क्यापिटल्सले ८ मध्ये केवल ३ खेल जितेको छ भने ५ खेलमा हार बेहोरेको छ । प्लेअफमा पुग्नका लागि दिल्लीले अब लगभग सबै खेल जित्नुपर्ने अवस्था रहेको छ ।

त्यसैगरी गुजरात टाइटन्सले अहिलेसम्म खेलेका ८ खेल मध्ये ४ खेल जितेको छ भने ४ खेलमा हार बेहोरेको छ ।