मनोरञ्जन

बोक्सीको घरको प्रिमियर सम्पन्न

By खबरहब

April 24, 2024

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को घरको प्रिमियर शो सम्पन्न भएको छ । सुन्धारास्थित एक फिल्म हलमा गरिएको प्रिमियरमा कलाकारहरुको बाक्लो उपस्थिति थियो ।

प्रिमियरमा नायिका तथा निर्देशक दीपाश्री निरौला, निर्देशक रामबाबु गुरुङ, निर्देशक प्रदीप भट्टराई, नायिका गौरी मल्ल, झरना थापा, नायक विजय बराल, नायक मुकुन भुसाल लगायतको उपस्थिति थियो ।

फिल्ममा कम उमेरमा विवाह भएकी महिला अन्धविश्वासका कारण समाजबाटै हिंसाको शिकार बनेको देखाइएको छ ।

प्रिमियरपछि धेरैले बालकालार सुपला सापकोटाको अभिनयको तारिफ गरेका छन् । निर्देशक भारती फिल्ममा गहन विषयलाई उठान गर्न सफल भएको धेरैले प्रतिक्रिया दिए ।

फरक शैलीमा कथा भन्न निर्देशक भारती सफल भएको नायक विजय बरालले प्रतिक्रिया दिए । उनले भने, ‘एक खालको फिल्म बनेको छ ।’

त्यस्तै, अभिनेता मुकनु भुसालले बालकलाकार सुपला भट्टराईको भूमिका मन परेको प्रतिक्रिया दिए । कलाकार रवीन्द्र झाले फरक शैलीमा बनेको भन्दै सकारात्क प्रतिक्रिया दिए । उनले भने, ‘फिल्म राम्रो बनेको छ । कथावस्तु मन प-यो ।’

केकी अधिकारीको ब्यानरमा बनेको यस फिल्मका केकीको मुख्य भूमिका रहेको छ ।