समाचार

संसदीय छानबिन समितिको कार्यादेश टुङ्गो लगाउन आज पनि बैठक बस्दै

By खबरहब

May 24, 2024

काठमाडौं– सहकारी प्रकरणमा छानबिन गर्न संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) को टुङ्गो लगाउन गठित कार्यदलको बैठक बस्दै आज पनि बस्दै छ । 

समितिको कार्यादेश तय गर्न गठित कानुनमन्त्री पदम गिरी संयोजकत्वको कार्यदलको बैठक  आज बिहान साढे ८ बजे बस्दै छ । 

हिजो बैठकमा कार्यदलका सदस्यहरूबीच छलफल भए पनि सहमति नजुटेकाले शीर्ष नेताहरूको परामर्शपछि आज बिहान पुनः बैठक बस्न लागेको हो ।

 प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम किटान गरेरै अनुसन्धान गर्नुपर्ने अडान राखेको छ ।