समाचार

सहकारीपीडित आजदेखि फेरि आन्दोलनमा

By खबरहब

May 24, 2024

काठमाडौं– सहकारी पीडित बचतकर्ताहरूले आजदेखि फेरि आन्दोलन सुरु गर्न लागेका छन् । 

 यसअघि सरकारसँग भएका सम्झौता कार्यान्वयन नभएको भन्दै सहकारी पीडितहरूले तेस्रो चरणको आन्दोलन गर्न लागेका हुन् ।

महासंघका अध्यक्ष कुशलव केसीले आज ११ बजे माइतीघर मण्डलाबाट प्रदर्शन सुरु गरिने जानकारी दिएका छन् । 

अध्यक्ष केसीले भने, ‘माइतीघर मण्डलाबाट हामी आन्दोलन सुरु गर्छौं। र्‍याली गर्छौं। र्‍यालीपछि कोणसभा गरेर हामी रिले अनशन सुरु गछौं’ ।

अध्यक्ष केसी यसअघि पनि झण्डै तीन हप्ता आमरण अनशनमा बसेपछि स्वास्थ्य अवस्था नाजुक भइरहेका बेला सरकारले सम्झौता गरेको थियो । 

सहकारी पीडितहरूको माग पूरा नभएसम्म अब आन्दोलन देशैभरि सशक्त रुपमा अगाडि बढ्ने उनले बताए । नेपालगञ्ज, चितवन र धरानमा पनि आन्दोलन एकैपटक सुरु हुने अध्यक्ष केसीले जानकारी दिए ।