समाचार

सिरोहियालाई म्याद थप गर्न अदालत लगिँदै

By खबरहब

May 24, 2024

जनकपुरधाम– नागरिकता प्रकरणमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई म्याद गप गर्न धनुषा जिल्ला अदालतमा लगिने प्रहरीले जनाएको छ ।  

सिरोहियालाई  म्याद थप गर्नका १०:३० बजे धनुषा जिल्ला अदालतमा उपस्थित गराइने प्रहरीले बताएको छ  ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रञ्जन आवाले अनुसन्धान नसकिएकोले उनलाई म्याद थप गर्न अदालत लगिने बताएका छन् ।

यसअघि जिल्ला न्यायाधीश चुरामन खड्काको ईजलासले बुधबार दुवै पक्षको बहस सुनेपछि ३ दिन थुनामा राख्न अनुमति दिएको थियाे ।

सिरोहियालाई प्रहरीले मंगलबार काठमाडौंबाट नागरिकता प्रकरणमा पक्राउ गरी धनुषा लगेको थियो ।