समाचार

प्रतिनिधि सभा बैठक सुरु, कांग्रेसको विरोध जारी 

By खबरहब

May 24, 2024

काठमाडौं- प्रतिनिधि सभाको आजको बैठक पनि  प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोध कायमै छ ।

 प्रतिनिधि सभाको आजको बैठकबाट सरकारको नीति तथा कार्यक्रम पारित गर्ने तयारी रहेको थियाे तर बैठक सुरु हुनासाथ कांग्रेसले उठेर विरोध जनाएको  हो।

कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा सामेल रहेको भन्दै संसदीय समितिको गठनको माग गर्दै संसद अवरोध गर्दै आएको छ ।