तस्बिर : एएफपी

अन्तर्राष्ट्रिय

पपुवा न्युगिनीमा भीषण पहिरो, १०० भन्दा बढीको मृत्युको आशंका

By खबरहब

May 24, 2024

काठमाडौं– पपुवा न्युगिनीको एक दुर्गम गाउँमा गएको भीषण पहिरोमा परी कम्तीमा १०० जनाको मृत्यु भएको आशंका गरिएको  प्रत्यक्षदर्शीले  बताएका छन् । 

पोर्ट मोरेस्बीबाट ६०० किलोमिटर उत्तरपश्चिममा रहेको एङ्गा प्रान्तको काओकलम गाउँमा स्थानीय समयअनुसार शुक्रबार बिहान ३ बजे उक्त घटना भएको हो । 

मृतकको सङ्ख्या १०० भन्दा माथि पुगेको आशंका छ तर, अहिलेसम्म यकिन सङ्ख्या थाहा हुन नसकेको स्थानीय अधिकारीले बताएका छन् । 

घटनाबारे पोरगेरा वुमन इन बिजनेस एशोसिएसनका अध्यक्ष एलिजाबेथ लारुमाले भने, ‘मानिसहरु राति सुतिरहेको समय पहिरो गएको र पहिरोमा परी सबै गाउ भग्नावशेषमा परिणत भएको छ । पूरै गाउँ नै पहिरोले पुरिएको छ ।’ 

लारुमाले भने, ‘मेरो अनुमानमा जमिनमुनि करिब १०० भन्दा बढी मानिस पुरिएका छन् ।’