समाचार

त्रिभुवन विमानस्थलको धावनमार्ग चर्कियो, विमान आकाशमै होल्ड !

By खबरहब

May 24, 2024

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग चर्किएको छ । धावनमार्गको कोटेश्वरतर्फको भाग (०२ सी-डी) मा क्य्राक (चिरा) देखिएपछि विमानलाई आकाशमै होल्ड गरिएको छ ।

पौने घण्टादेखि बन्द विमानस्थल सञ्‍चालनमा ल्याउन अझै आधा घण्टा लाग्ने विमानस्थल कार्यालयका अधिकारीहरूले जानकारी दिएका छन्‌ ।

थाइल्यान्डको बैंककबाट आएको थाई एयरवेज, मलेसियाबाट आएको मलेसियन तथा नेपाल वायुसेवा निगमको विमान यतिखेर आकाशमै होल्ड गरिएको हो ।