समाचार

सहकारी पीडितको आन्दोलन : माग पूरा नभए देशव्यापी संघर्ष गर्ने

By खबरहब

May 24, 2024

काठमाडौं– सरकारले आफूहरूको मागप्रति गम्भीरता नदेखाएको भन्दै सहकारी पीडितहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

सहकारी बचत अपचलनकर्तालाई कारबाही गर्दै बचतकर्ताको रकम फिर्ता गर्ने सहमति सरकारले गरे पनि कार्यान्वयन नभएको भन्दै पीडितहरूले शुक्रबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् ।

सरकारले आफूहरूसँग विगतमा गरेका कुनै पनि सम्झौता कार्यान्वयन नगरेकाले तेस्रो चरणको आन्दोलन घोषणा गर्नुपरेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघका अध्यक्ष कुसलभ केसीले बताए ।

सहकारी पीडितहरूको माग पूरा नभएसम्म अब आन्दोलन देशैभर सशक्त रूपमा अगाडि बढाउने उनले बताए । उनले आफ्नो बचत फिर्ता नपाउँदाको नागरिकको पिडा सरकारले सुन्नु पर्ने उल्लेख गरे ।

तस्बिरमा हेर्नुहोस् :