धावनमार्गको चिरा टालेर खुलाइयो त्रिभुवन विमानस्थल

By खबरहब

May 24, 2024

काठमाडौं – मध्याह्न १२ बजेदेखि उडान/अवतरण बन्द भएको त्रिभुवन विमानस्थल पुनःसञ्‍चालनमा आएको छ ।

कयौँ जहाजहरू आकाशमै होल्ड भएको अवस्थामा धावनमार्गको चिरा मर्मत गरेर अवतरण गराइएको हो।

धावनमार्गको कोटेश्वरतर्फको भाग (०२ सी-डी) मा क्य्राक (चिरा) देखिएपछि विमानलाई आकाशमै होल्ड गरिएको थियो । सो चिरा टालेर झण्डै एक घण्टापछि विमानस्थल सञ्‍चालनमा ल्याइएको छ ।

आकाशमै होल्ड गरिएको थाई एअरवेजको जहाज विमानस्थल मर्मतपछि भर्खरै अवतरण गराइएको छ ।

त्रिभुवन विमानस्थलको धावनमार्ग चर्कियो, विमान आकाशमै होल्ड !