मुख्य समाचार

सहकारी पीडितको चेतावनी- न्याय नपाए आगामी चुनाव हुँदैन !

By खबरहब

May 24, 2024

काठमाडौं – सहकारी सञ्चालकबाट ठगिएका पीडितहरूले न्याय नपाए आगामी चुनाव नै हुन नदिने बताएका छन्‌ । तेस्रो चरणको आन्दोलन थालेका सहकारी पीडितहरूले यतिखेर काठमाडौंको माइतीघरमा विरोध प्रदर्शनरत छन्‌ ।

सहकारी बचत अपचलनकर्तामाथि कारबाही माग गर्दै आजदेखि काठमाडौंकेन्द्रित आन्दोलन थालेका पीडितहरूले आफूहरूको मागप्रति सरकार गम्भीर नभएको गुनासो गरेका छन्‌ । आफूहरूले न्याय नपाए वि.सं. २०८४ मा आमचुनाव नै गर्न नदिने उनीहरूले चेतावनी दिएका छन्‌ ।

यसअघि सरकारले आफूहरूसँग गरेका कुनै पनि सम्झौता कार्यान्वयन नगरेकाले तेस्रो चरणको आन्दोलन घोषणा गर्नुपरेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघका अध्यक्ष कुसलभ केसीले बताए । पीडितहरूको माग पूरा नभएसम्म देशव्यापी आन्दोलन भैरहने उनको भनाई छ ।

सहकारी पीडितको आन्दोलन : माग पूरा नभए देशव्यापी संघर्ष गर्ने

एक्सप्लेनर : मिसन ८४ पचाउन सक्ने सहकारीको सलह