समाचार

सहकारी पीडितको माग : संचालकलाई कारबाही गरी बचत फिर्ता गर   

By खबरहब

May 24, 2024

काठमाडौं– चितवनका सहकारी पीडितहरूले विरोध र्‍याली निकालेका छन् ।

सहकारी पीडितहरूले सम्बन्धित निकायलाई पटक पटक ध्यानाकर्षण गराउँदा समेत सुनवाइ नभए पछि विरोधमा उत्रन परेको पीडितहरूले बताएका छन् ।

चितवनका विभिन्न सहकारी पीडितहरूले सरकारका विभिन्न निकायमा बचत फिर्ताको लागि पहल गरिन अनुरोध गर्दा समेत सहकारी संचालकहरुलाई पक्राउ गरेर कानुनी प्रक्रिया अगाडी बढेन नसकेको लगाएका छन् ।

चितवनका सहारा सहकारी, सनराईज सहकारी र शिव शिखर सहकारी लगायत विभिन्न सहकारी पीडितहरूले रयाली निकालेका हुन् ।

रयाली भरतपुरको चौबिस कोठी बाट शुरु भएर जिल्ला प्रहरी कार्यालय बाइपास रोड जिल्ला प्रशासन कार्यालय हुँदै केन्द्रीय बस टर्मिनमा गएर कोण सभामा परिणत भएको थियो । उक्त कोण सभामा नेपाली कांग्रेस नेकपा एमाले माओवादी केन्द्र राप्रपा लगाएका नेताहरू मन्तव्य व्यक्त गरेका थिए ।

चितवनमा करिब १ लाख सहकारी पीडितहरू रहेको र उनीहरू करिब ५ देखि ६ अरब रुपैयाँ डुबेको बताएको छ । सरकारले तत्काल सहकारी पीडितहरूको समस्याको बारेमा सम्बोधन नगरी थप आन्दोलन गर्दै जाने उनीहरूले जनाएका छन् ।