समाचार

भ्रष्टाचार कहाँ छैन भनेर खोज्नुपर्ने स्थिति आयाे : राजेन्द्र लिङदेन 

By खबरहब

May 24, 2024

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले मुलुकका सबै तहका अंग र निकाय भ्रष्टाचारको महारोगले आतंक रहेको बताएका छन् ।

शुक्रबारबाट काठमाडौंमा सुरु पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा राजनीतिक तथा समसामयिक प्रस्ताव प्रस्तुत गर्दै ४६ साल यता मुलुकमा भ्रष्टाचार बढ्दै गएको र अहिले मुलुकका सबै तहका अंग र निकाय भ्रष्टाचारको महारोगले आतंक रहेको बताएका हुन्  ।

अहिले भ्रष्टाचार कहाँ छैन भन्ने खोज्नुपर्ने अवस्था आएको उनले बताए । उनले भ्रष्टाचारको अन्त्यका लागि दृढ रूपमा उभिने अठोट गरेको जिकिर गरे ।

अध्यक्ष लिङदनेले विदेशीको सहयोग विना चुनाव जित्न नसकिने र पदमा पुग्न नसकिने मानसिकताका कारण नेपाल विदेशी मुलुकहरूको क्रिडास्थल बन्न पुगेको धारणा राखे ।

पार्टीले आफ्ना मागलाई स्थापित गराउन निरन्तर आन्दोलन गर्ने र विभिन्न ढंगबाट राज्यलाई दबाब दिन निरन्तर अभियान चलाउने उनले बताए ।

तीन दिन सम्म चल्ने बैठकमा राजनीतिक, सांगठनिक, सचिवालयसम्बन्धी र आर्थिक प्रतिवेदनका साथै विभिन्न प्रदेशका प्रतिवेदनमाथि छलफल भई पारित गर्ने कार्यसूची रहेको छ ।