फाइल तस्वीर

समाचार

धावनमार्गको ‘खाल्डो’ पुरेपछि त्रिभुवन विमानस्थल खुल्यो

By खबरहब

May 24, 2024

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको पिच उप्किएपछि विमानस्थल झन्डै एक घण्टा अवरुद्ध भएको थियाे ।

विमानस्थलका प्रवक्ता सुवाष झाका अनुसार, धावनमार्गको चार्ली र डेल्टा ट्याक्सीवे सेक्सनको मध्यभागमा अलकत्रा र गिट्टी उप्किएपछि उडान बन्द गरिएको थियो ।

धावनमार्गमा अवतरण गर्ने जहाजले टावरलाई पिच उप्किएको जानकारी गराएपछि काठमाडौं विमानस्थलले सबै उडान रोकेको हो ।

मर्मतपछि अहिले भने विमानस्थल सञ्चालनमा आएको छ ।