समाचार

न्यायाधीश ज्ञवालीको ५ नम्बर इजलासमा सिरोहियाको मुद्दामा सुनुवाइ

By खबरहब

May 24, 2024

जनकपुरधाम- नागरिकता प्रकरणमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई धनुषा जिल्ला अदालतको ५ नम्बर इजलासमा उपस्थित गराएपछि अहिले सुनुवाइ भइरहेको छ ।

धनुषा अदालतको पाँच नम्बर इजलासमा सिरोहियालाई पेस गरिएसँगै अहिले उनका वकिलहरूले बहस गरिररहेका छन् । उक्त इजलासमा न्यायाधीस रोमाकान्त ज्ञवाली छन् ।

मंगलबार काठमाडौंस्थित कान्तिपुरको केन्द्रीय कार्यालयबाट पक्राउ परेका सिरोहियालाई अदालतले शुक्रबार (आज) सम्म दिएको तीन दिनको म्याद सकिएपछि थप्नका लागि पेस गरिएको थियो ।

जिल्ला सरकारी वकिल कार्यालय धनुषाका प्रमुख सुदीप दंगालले सिरोहियाको केसमा अनुसन्धान नसकिएकाले थप ५ दिन म्याद मागिएको बताए। वकिलको कार्यालयले ५ दिन म्याद मागेपछि त्यसमा सुनुवाइ जारी छ ।

सिरोहियाको पक्षमा वरिष्ठ अधिवक्ता शम्भु थापासहित वकिलहरूको जम्बो टोली बहस गरिरहेको छ । अहिले सिरोहियाकै वकिलहरू बहस गरिरहेका छन् ।

सिरोहियाको पक्षमा थापासँगै मधेश प्रदेशका पूर्व मुख्य न्यायाधिवक्ता दीपेन्द्र झा, वरिष्ठ अधिवक्ताहरू सीताराम भट्टराई, शेरबहादुर केसी, रमन श्रेष्ठ, गोविन्द बन्दी र रमण कर्णसहितले बहस गर्दैछन् ।