समाचार

कीर्तिमानी आरोही कामीरितालाई काठमाडौंमा स्वागत (तस्बिरहरू)

By खबरहब

May 24, 2024

काठमाडौं– ३० औँ पटक सगरमाथाको सफल आरोहण गरी रेकर्ड बनाएका कीर्तिमानी हिमाल आरोही कामीरिता शेर्पालाई काठमाडौंमा भव्य स्वागत गरिएको छ ।

शुक्रबार काठमाडौं फर्किएका कामीरिता शेर्पालाई त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिलनमा भव्य स्वागत गरिएको हो ।

उनलाई बौद्ध संस्कृति अनुसार स्वागत गरिएको थियो । सो क्रममा शेर्पाले आगामी वर्ष पनि सगरमाथा आरोहणलाई निरन्तरता दिने बताए ।

शेर्पाले सबैभन्दा धेरै पटक सगरमाथा चढेको आफ्नै रेकर्डलाई तोडेर ३० औँ पटक सगरमाथाको सफल आरोहण गरी ऐतिहासिक रेकर्ड बनाएका हुन् ।

तस्बिरहरु हेर्नुहोस् :