खेलकुद

प्रथम सिएचआइटिएफ एसिया आमन्त्रित तेक्वान्दो प्रतियोगिता शुरु 

By खबरहब

May 24, 2024

काठमाडौं– प्रथम सिएचआइटिएफ एसिया आमन्त्रित तेक्वान्दो प्रतियोगिता शुक्रबारबाट ललितपुरमा शुरु भएको छ ।

नेपाल चाङ हुन् अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघको आयोजनामा सुरु प्रतियोगीताको नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले उद्घाटन गरे ।

सातदोवाटोस्थीत कराँते महासंघको एकेडेमि हलमा सुरु प्रतियोगितामा नेपाल मलेशिया, बंगलादेश, भारत, चीन पाकिस्तान लगाएत देशका २ हजार ५ सय खेलाडीहरुको सहभागीता रहेको छ ।

उद्घाटन सत्रमा पूर्वप्रधानमन्त्री नेपालले नेपाल सरकारले खेलको विकासका लागि काम गर्दै आएको भन्दै आगामी दिनमा धेरै काम गर्नुपर्ने बताए ।

प्रतियोगितामा ८५ स्वर्ण पदक, ८५ रजत पदक र ११६ कास्य पदकका लागि प्रतिस्पर्धा हुने महासंघले जनाएको छ । शीर्ष तीनमा रहनेले ट्रफी समेत प्राप्त गर्नेछन् ।