देश/प्रदेश

पृथ्वीचन्द्र अस्पतालमा नयाँ प्रयोगशाला भवन निर्माण

By खबरहब

May 24, 2024

नवलरासी – पश्चिम नवलपरासीको परासीस्थित पृथ्वीचन्द्र अस्पतालमा नयाँ प्रयोगशाला भवन निर्माणसम्पन्न भएको छ । आज एक कार्यक्रमबीच लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री दीपेन्द्रकुमार पुन मगरले प्रयोगशाला भवनको उद्घाटन गरे ।

उनले अस्पताललाई थप सेवा सुविधासम्पन्न बनाउन सबै राजनीतिक दल तथा अस्पताल विकास समिति लाग्नुपर्नेमा जोड दिए । मन्त्री पुन मगरले अस्पतालको विकासका लागि प्रदेश सरकारले सधैँ सहयोग गर्ने भन्दै अस्पताल कर्मचारीलाई सेवाप्रवाहमा दत्तचित्त भएर लाग्न आग्रह गरे ।

प्रयोगशाला अस्पताल विकास समितको रु १६ लाख, रामग्राम नगरपालिकाको रु १० लाख, बर्दघाट नगरपालिका । प्रतापपुर गाउँपालिकाको रु पाँच/पाँच लाख, समाजसेवीद्वय श्याम अग्रवालको रु सात लाख २१ हजार र सुरेन्द्रनाथ यादवको रु सात लाख ११ हजारको लागतमा निर्माण भएको हो ।