राजनीति

गृहमन्त्रीको राजीनामा माग गर्दै तरुण दलको राँके जुलुस

By खबरहब

May 24, 2024

काठमाडौं – नेपाल तरुण दलले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै राजधानीमा राँके जुलुस निकालेको छ ।

संसदीय छानबिन समितिको गठनको माग गर्दै तरुण दलले जुलुसको आयोजना गरेको हो।शुक्रबार साँझ काठमाडौंको इन्द्रचोकबाट अघि बढेको जुलसले गृहमन्त्री र सरकारविरुद्ध विभिन्न नाराबाजी गरेको थियो ।

जुलुस र कोणसभालाई कांग्रेसको भ्रातृसंगठन तरुण दल काठमाडौं ८ का नेताका सुरेश श्रेष्ठ, जिल्ला सचिव दिनेश विक्रम शाह, केन्द्रीय रत्न महर्जन , विवेक श्रेष्ठ, चक्र कठायत , नेपाल विद्यार्थी सङ्घ केन्द्रीय सदस्य उज्ज्वल बजचार्य लगायतले नेतृत्व गरेका थिए ।

कोणसभामा बोल्दै दिनेश विक्रले सहकारीको रकम अपचलन गर्ने गोर्खा मिडियाका अध्यक्ष जीबी राईको खोजी गर्न ढिलाइ गर्नुको कारण के हो भनि प्रश्न गरेका थिए ।

कार्यक्रममा बोल्दै नेपाल विद्यार्थी संघका कार्यवाहक सभापति भइसकेका केन्द्रीय सदस्य उज्वल बज्राचार्यले छानबिन समिति गठन नगरे सरकार परिवर्तनका लागि आन्दोलन गर्ने चेतावनी दिए ।