क्रिकेट

फाइनल पुग्न राजस्थानलाई एक सय ७६ रनको लक्ष्य

By खबरहब

May 24, 2024

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल)को फाइनलमा पुग्नका लागि अहिले राजस्थान रोयल्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा भइरहेको छ ।

एमए चिदम्बरम स्टेडियम चेन्नईमा टस हारेर ब्याटिङको निम्तो पाएको हैदरावादले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १७५ बनाएपछि राजस्थानले १७६ रनको लक्ष्य पाएको छ ।

हैदरावादका लागि हेनरिक क्लासेनले अर्धशतक बनाए । ३४ बलको सामना गरेका उनले ६ छक्का सहित ५० रन बनाए । त्यस्तै १५ बल खेलेका राहुल त्रिपाठीले ३७ बनाए । भने ओपनर ट्राभिस हेडले ३८ रन बनाउँदा शाहबाज अहमद १८, अभिषेक शर्मा १२ रन बनाएर आउट भए ।

राजस्थानका ट्रेन्ट बोल्ट र आवेष खानले एक/एक विकेट लिए । सन्दीप शर्माको नाममा दुई विकेट रह्यो ।

हैदरावाद पहिलो क्वालिफायरमा कोलकाता नाइट राइडर्ससँग आठ विकेटले पराजित भएको थियो।राजस्थानले भने इलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंग्लोरु (आरसिबी)लाई ४ विकेटले हराएको थियो।

आजको खेलमा विजयी हुने टिमले आईपिएलको उपाधिका लागि कोलकातासँग प्रतिस्पर्धा गर्नेछ। आईपिएलको फाइनल आइतबार हुँदैछ।