टसमा सहभागी दक्षिण अफ्रिका र वेस्ट इन्डिजका कप्तान ।

क्रिकेट

विश्वकपमा अपराजित दक्षिण अफ्रिकाविरुद्ध ब्याटिङ गर्दै वेस्ट इन्डिज

By खबरहब

June 24, 2024

काठमाडौं – आईसीसी टी-२० विश्वकप क्रिकेटमा अहिले वेस्ट इन्डिज र दक्षिण अफ्रिकाको प्रतिस्पर्धा हुँदैछ। नर्थ साउन्ड रंगशालामा टस जितेर दक्षिण अफ्रिकाले सुरुमा फिल्डिङ गर्ने निर्णय गरेको छ।

‘सुपर-८’ को यो प्रतिस्पर्धा आयोजक वेस्ट इन्डिजका लागि सेमिफाइनल प्रवेश गर्ने महत्त्वपूर्ण खेल हो। सुरुमा ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले सेमिफाइनल प्रवेशका लागि प्रभावशाली जित निकाल्नुपर्ने दबाब छ।

तीन खेलमा दुई अंक बनाएको वेस्ट इन्डिज दक्षिण अफ्रिकासँग पराजित भएमा विश्वकपबाट बाहिरिनेछ। यसअघि नै चार अंक बनाएको दक्षिण अफ्रिका भने जितलाई निरन्तता दिँदै सेमिफाइनल प्रवेश गर्न चाहन्छ।

‘सुपर-८’ को समूह-२ बाट इंग्ल्यान्ड यसअघि नै विश्वकपको सेमिफाइनल प्रवेश गरिसकेको छ। अर्को आयोजक राष्ट्र अमेरिका भने ‘सुपर-८’ का तीन खेल गुमाउँदै सेमिफाइनल दौडबाट बाहिरिसकेको छ।