खेलकुद

युरोकप २०२४ : जर्मनीसँग स्वीट्जरल्याण्ड पराजित

By खबरहब

June 24, 2024

काठमाडौं– जर्मनीमा जारी १७औं संस्करणको युरोकप फुटबलमा आयोजक जर्मनी र स्वीट्जरल्याण्डले बराबरी खेलेका छन् ।

आज बिहान फ्र्याङ्कफर्टमा सम्पन्न समूह ‘ए’ को खेलमा जर्मनी र स्वीट्जरल्याण्डले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

स्वीट्जरल्याण्डका डान एनडोयो र जर्मनीका निकोलस फुलक्रुगले एक–एक गोल गरेका थिए । खेलको २८औँ मिनेटमा एनडोयोले गोल गर्दै स्वट्जरल्याण्डलाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर खेलको दोस्रो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा जर्मनीका फुलक्रुगले गोल गर्दै टोलीलाई हारबाट जोगाउन सफल भए ।

यो बराबरीसँगै ३ खेलबाट जर्मनी ७ अंकका साथ समहू विजेता बनेको छ भने स्वीट्जरल्याण्ड पनि ५ अंक जोडेर उपविजेताका रुपमा प्रि क्वाटरफाइनलमा पुगेको छ ।