खेलकुद

कोपा अमेरिका : अमेरिकाको विजयी सुरुवात

By खबरहब

June 24, 2024

काठमाडौं– कोपा अमेरिका फुटबलमा अमेरिकाले विजयी सुरुवात गरेको छ । आज बिहान सम्पन्न समूह ‘सी’ को खेलमा बोलिभियालाई २–० गोलले हराउँदै अमेरिका विजयी भएको हो ।

अमेरिकाको जितमा क्रिस्टियन पुलासिक र फोलारिन बालोगनले एक–एक गोल गरेका थिए ।

खेलको तेस्रो मिनेटमै अमेरिकाका पुलासिकले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि ४४औँ मिनेटमा बालोगनले गोल गर्दै अमेरिकालाई २–० गोलको जित दिलाए ।

यो जितसँगै अमेरिका ३ अंकका साथ समूहको शीर्षस्थानमा रहेको छ । ३ अंक नै भएको उरुग्वे दोस्रो स्थानमा छ । पराजित भएको बोलिभिया चौथो स्थानमा छ ।

अब अमेरिकाले अर्को खेल जुन २८ मा पानामासँग खेल्ने तालिका रहेको छ भने बोलिभियाले उरुग्वेसँग खेल्ने छ ।