खेलकुद

युरोकप : हंगेरीको पहिलो जित, स्कटल्याण्ड बाहिरियो

By खबरहब

June 24, 2024

काठमाडौं– युरोकप फुटबल २०२४ मा हंगेरीले पहिलो जित निकालेको छ । आज बिहान सम्पन्न खेलमा स्कटल्याण्डलाई १–० गोलले हराउँदै हंगेरीले जित निकालेको हो ।

हंगेरीका लागि केभिन कोबोथले गोल गरेका थिए । उनले दोस्रो हाफको इन्जुरी समयको दशौँ मिनेटमा गरेको गोल नै हंगेरीको जितका लागि निर्णायक बनेको थियो ।

यसअघिका दुई खेल हारेको हंगेरी ३ अंक जोड्दै समूह ‘ए’ को तेस्रो स्थानमा छ । पराजित भएको स्कटल्याण्ड जितविहीन हुँदै समूह चरणबाट बाहिरिएको छ ।

यो पनि… युरोकप २०२४ : जर्मनीसँग स्वीट्जरल्याण्ड पराजित